इटहरी । कोरोना संक्रमितहरुका लागि अक्सिजन अभावमा समस्या नहोस भनेर प्रदेस इसाई समाज र क्वीक रेस्यु टिमले प्रोटेवल अक्सिजन लगायतका सामाग्रीहरु वितरण अभियान सुरु गरेको छ ।
विपदका समयमा विभिन्न स्थानमा पुगेर सामाजिक सेवामा सक्रियताका साथ सहयोग गर्दै आएको क्वीक रेस्यु टिमसंगको र प्रदेस इसाई समाज प्रदेस नम्बर १ले विभिन्न ठाउँमा पुगेर प्रोटेवल अक्सिजन सहित स्वास्थ्य सुरक्षा सामाग्री वितरण अभियान सुरु गरेकोे हो ।
अघिल्लो वर्ष पनि कोरोना कहरका समयमा स्वास्थ्य सुरक्षा सामाग्री , दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरुलाई लकडाउनको समयमा खाद्यान्न लगायतको सहयोग समेत गरेको यो टिमले विराटनगरका ३ जना संक्रमित , इटहरीका ४ जना धनकुटाको ओर्खेका २५ जना संक्रमितलाई प्रोटेवल अक्सिजन बाफलिने स्टेमर सहित सेनिटाइजर मास्क , औषधि लगायतका सामाग्री वितरण गरेको क्विक रेस्क्यु टिमका अध्यक्ष विक्रम वर्णवासले जानकारी दिए । 

उनले आफुहरुले वितरण गरेको अक्सिजनले आपतकालिन २ घण्टा सम्म काम गर्ने जनाए । तत्काल अक्सिजन आवश्यक हुनेहरुलाई स्वास्थ्य संस्था सम्म पुरयादा सम्म काम गर्न सक्ने जानकारी दिए ।




















