कुमार खड्का, पथरी ।

मोरङको रंगेली नगरपालिका ३ मा एक जना महिलाको घाँटी रेटेर हत्या  गरेको अवस्थमा शव भेटिएको छ ।  धारिलो हतियार प्रयोग गरि घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार विहान रङ्गेली नगरपालिका-३ की २४ वर्षीया अनिता यादवको शव फेला परेको हो । 

बेचन यादवकी श्रीमती अनिताको रङ्गेली-३ स्थित तिलुवा चोक नजिकको नहरमा अनिताको शव भेटिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खेडकाले जानकारी दिए । घरदेखि करिब ढेड किलोमिटर दक्षिणमा अनिताको शव फेला परेको हो ।

पानी नभएको सुख्खा नहरमा हत्या गरेर फ्यालेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा मोरङ प्रहरीका डिएसपी मन्जिल मुकारूङको नेतृत्वमाको टोली पुगेर अनुसन्धान सुरू गरेको छ ।

‘प्रारम्भिक अनुसन्धनबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्यालेको देखिएको छ,’ एसपी खड्काले भने, ‘अहिले मोरङ प्रहरी र इप्रका रंगेलीका प्रहरी टोली परिचालन भएर अनुस्न्धान भइरहेको छ । 

प्रहरीले घटनाको सोधपुछको लागि श्रीमान बेचनसहित, ससुरा, सासु र देवर विनोद यादवलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ थालेको छ ।

यस्तै मोरङकै पथरीमा एक १५ वर्षीय बालिका बलात्कृत भएकी छिन । पथरी शनिश्चरे वडा नम्वर १० घर भएकी बालिका जेठ ३ गते सोमबार नातामा आफन्त पर्ने वर्ष २५ का मन कुमार विश्वकर्माबाट बलात्कृत भएकी हुन । 

सोमबार साझ बालिकाको घरमा आएका विश्वकर्माले बालिकालाई एकै छिन घु्म्न जाउ भनी फकाएर लगेको र नजिकैको एकान्त ठाउमा लगेर जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय पथरीका डिएस्पी कृष्ण खड्काले बताए ।