पथरी । मोरङको पथरीमा एक १५ वर्षीय बालिका बलात्कृत भएकी छिन । पथरी शनिश्चरे वडा नम्वर १० घर भएकी बालिका जेठ ३ गते सोमबार नातामा आफन्त पर्ने बाट बलात्कारको शिकार भएकी हुन ।

बालिका नातामा आफन्त पर्ने सोही वडा वस्ने वर्ष २५ का मन कुमार विश्वकर्माबाट बलात्कृत भएकी हुन ।  नातामा आफन्त पर्ने विश्वकर्मा अन्य समयमा पनि बालिकाको घरमा आउजाउ गर्ने गरेका कारण परिवारका अन्य सदस्यहरुले साझको बेला उनिहरु बाहिर जादा पनि खासै वास्ता गर्ने गर्दैनथे । 

तर सोमबार भने उनिहरु बाहिर घुमेर आएपछि बालिकाले घरमा अन्य समयको भन्दा फरक व्याबहार देखिएपछि परिवारले सोधिखोजी गर्दा बलात्कार भएको पाएका हुन ।

छोरी बलात्कारको शिकार भएको थाहा पाएपछि परिवारले प्रहरीलाई खवर गरेका थिए । घटनामा समलग्नलाई प्रहरीले सोही राति नियन्त्रणमा लिएर कार्वाही अगाडी बडाएको छ । 

बालिकाको विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षण गरि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

सोमबार साझ बालिकाको घरमा आएका विश्वकर्माले बालिकालाई एकै छिन घु्म्न जाउ भनी फकाएर लगेको र नजिकैको एकान्त ठाउमा लगेर जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय पथरीका डिएस्पी कृष्ण खड्काले बताए ।