इटहरी । कोभिड १९को नयाँ भेरियन्टको संक्रमण फैलिरहेको समयमा इटहरी वासीलाई कोरोनाबाट रोक थामका लागी सहयोगपुगोस भन्ने उद्धेश्यले नेपाली काँग्रेसले इटहरी उपमहानगरपालिकाको २० वटै वडाअध्यक्षहरुलाई मास्क तथा स्यानिटाइजर उपलब्ध गराएको छ । 
नेपाली काँग्रेसको कोभिड १९ अनुगमन समितले देशभरनै कोरोना संक्रमण बढेको भन्दै आर्थिक अवस्था कमजोर भएकाहरुलाई मास्क वितरण गर्ने अभियान स्वरुप इटहरीमा मास्क वितरण गरेको बताएको छ । 
वडा बासीहरुले मास्क तथा स्यानिटाइजर खरीद गर्न नसक्ने इटहरीका २० वटै वडाहरुमा रहेका अतिविपन्न परिवारका लागी वितरण गर्ने गरी वडाध्याक्षहरु लाई उपलब्ध गराएको अनुगमन समितिका सुनसरी जिल्ला संयोजक विकास केसीले बताए । 
कोरोना महामारीको पहिलो प्रभावको समयमा प्लाज्मा दान गरेको काँग्रेसले अहिले पूर्व तयरी स्वरुप स्वास्थ्य सुरक्षाका प्रत्येक वडामा ६ सय थान सर्जिकल मास्क र ५ लिटर स्यानिटाइजर वितरण गरिएको केसीले जानकारी दिए ।




















