मोरगं । कोभिड १९को नयाँ भेरियन्टको संक्रमण नफैलियोस भनेर प्रदेस नम्बर १का धेरै स्थानीय तहहरुमा निशेधाज्ञा जारी रहेको कारण रक्तदान कार्यहरु हुन छोडेको तर्फ मध्यनजर गर्दै मोरगंको गछियामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३१जनाले रक्तदान गरेका छन ।
कोरोना कहरका कारण रक्तदान कार्यक्रमहरु हुन छोडेको समयमा पनि अस्पतालहरुमा उपचारका लागि आउने रगत आवश्यक पर्ने विरामीहरुले ज्यान गुमाउनु नपरोस भनेर सुन्दरदुलारी उद्योग वाणिज्य संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१जनाले रक्तदान गरेका हुन ।
कोभिड १९को नयाँ भेरियन्टको संत्रास फैलिरहेको समयमा रक्तदान कार्यक्रममा सामाजिक दुरी कायम गरी आयोजना गरिएको थियो ।
कोरोना संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै स्थानीयत तहले घोषणा गनरेका निशेधाज्ञाको समयमा भेला भएर औपचारिक कार्यक्रम आयोजना गर्न नपाउने भएका कारण पनि रक्तदान कार्यक्रमहरु समेत हुन छोडेकोले मानव स्वास्थ्यका लागि आवश्यक पर्ने रगत अभाव नहोस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष किशोर कार्कीले जानकारी दिए ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोगमा भएको थियो ।
रक्तदान कार्यक्रममा सुन्दरदुलारी उद्योग वाणिज्य संघका सचिव जिवन प्रसाद ढुंगाना,सुन्दरहरैचा नगरपालिका वार्ड नम्बर
७ का वडाध्यक्ष चैतन्य सिटौला लगायतको सहभागीता रहेको थियो ।




















