मोरगं । कोभिड १९को नयाँ भेरियन्टको संक्रमण दिनप्रतिदिन बढी रहेको समयमा  मोरगंको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३मा पोसिलो खानेकुरा सहितका सामाग्री लिएर वडाध्यक्ष घरघर पुग्न थालेका छन । 

    आफना वडाका संक्रमितहरुको घरघरमै जानकारी लिने साथै  सुत्केरीहरुका लागि पोसिलो खानेकुरा सहित न्यानो कपडा झोला लिएर वडाध्यक्ष जिवन प्रसाद ढुंगाना घरघरमा पुग्न थालेका हुन । 184811721_3678775705777264_7151220218298862054_n

   दुलारी स्वास्थ्य चौकीबाट उपलव्ध हुन सक्ने सेवा समेत सक्रमितहरुमा वडाले मिलाएर कोभिड संक्रमित सुत्केरी महिला तथा अन्य संक्रमितहरुका लागि वडाको तर्फबाट पोसिलो खानेकुरा ,न्यानो कपडा झोला वितरण गर्न थालेका हुन ।

त्यसै गरी संक्रमितहरुको स्वास्थ्य जाँचका लागि स्वास्थ्य चौकीका प्रमुख बाबुराम आचार्य र सुजता थेबे लगायतले सेवा दिने जनाइएको छ ।184124226_1196215110821715_1645896120087964905_n

वडा तथा स्वास्थ्य चौकीको समन्वयमा पोजेटिभका विषयमा हामीलाई जानकारी गराउनु होस हामी सहयोग गर्न तयार छौं भनेर अनुरोध समेत गरिरहेका छन । वडाकै समन्वयमा वडामा रहेका सुत्केरी महिलाहरुको अप्रेसन गर्दाको टाका काटने कार्य समेत सुत्केरीहरुको घरघरमै पुगेर सेवा उपलब्ध गरेको  वडाध्यक्ष ढुंगानाले जानकारी दिए ।