इटहरी । जगतगुरु श्रीरामानन्दाचार्य सेवा पीठले होल्डीगं सेन्टर राख्न नगरपालिकालाई नदिएको भनी पीठलाई बदनाम गराउने प्रयास गरिएको भन्दै विज्ञप्ती जारी गरी पीठको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

    कोरोनाको नयाँ भेरियन्ट फैलिरहेको समयमा पीठमा होल्डीगं सेन्टर राख्न वराहक्षेत्र नगरपालिकाकी उपप्रमुखले गरेको मौखिक अनुरोध पीठाधिश महायोगी सिद्धबाबाले सकारात्मक रुपमा लिएर आफुहरुले पनि आयुवेर्दिक उपचार गरी सहयोग गर्ने वताइएकाे रहेको समयमा पीठको बदनाग गर्ने गरी प्रचार गरीको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

   जगतगुरु श्रीरामानन्दचार्य सेवा पीठका अध्यक्ष गणेश सुब्बा विरही र महासचिव विनोद गुरागाईले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा गत वर्ष कोरोना संत्रासको समयमा १ नम्बर प्रदेस सरकारको आग्रहमा पीठमा होल्डीगं सेन्टर सञ्चालन गर्न दिएको उल्लेख गरिएको छ । त्यस समयमा पीठले एटेज वाथरुपम सहितको ६० कोठे भवन र ५०वटा ट्वाइलेट सहितको ठुलो सभाहल सुरक्षाकर्मीहरुका लागि उपलव्ध गराएको समेत उल्लेख गरिएको छ । प्रदेस सरकारको अनुरोधमा होल्डीगं सेन्टर सञ्चालन गर्न दिदा पानी ,वत्ती, सफाई जस्ता  आधारभुत व्यवस्था सरकारका तर्फबाट गर्ने तथा साबिककै अवस्थामा पीठलाई हस्तान्तरण गर्ने  लिखित सहमती भएपनि विभिन्न सामानहरु क्षति पुर्याएर छोडिएको जनाइएको छ । जुन नोक्सानीको प्राविधिक मुल्याँकन गराउदा पचास लाख बराबर नोक्सान भएको पीठले दावी गरेको छ । 

 विज्ञप्तीमा गत वर्ष होल्डीगं सेन्टरका लागि पीठलाई उपलब्ध गराइएका  खाट लगायतका सामाग्रीहरु नगरपालिकाका आइसोलेसन इन्चार्ज प्रमोद यादव , नविन मगर , सुदिप नेपाल , किशोर ताम्राकारलाई बुझाएको भपाई समेत रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।  त्यसै गरी विज्ञप्तीमा विगतमा फोहोर फाल्ने ठाँउका रुपमा रहेको स्थानलाई धार्मिक धामका रुपमा विकास गर्ने काम भएको समेत उल्लेख गरिएको छ । धार्मिक स्थलका रुपमा विकास भईसकेपछि  धर्तिमै दोस्रो पटक र नेपालमा प्रथम पटक जगद्गुरू महायोगी सिद्धबाबाकै सत्संकल्पमा १२सय साधकहरूद्वारा १ अर्ब ६० करोड श्रीराम तारक मन्त्रराजको हवनार्चन गरीएको र नेपालमै अग्लो हनुमानको प्रतिमा समेत सो स्थानमा राखिएको जनाइएको छ । जसले दिव्य तिर्थ धामका रुपमा यो क्षेत्र विकसीत भएको समेत उल्लेखित छ ।