उर्लाबारी । 

जिल्ला प्रशासन कार्यालय मोरङले आदेश गरेको निषेधाज्ञाको पूणर् पालना गर्न उर्लाबारी नगरवासीलाई मेयर फागोले अनुरोध गरेका छन् ।

पछिल्लो पटकको तथ्याङ्क अनुसार मोरङ जिल्ला कोरोना संक्रमणको हट स्पटका रुपमा रहेका कारण संक्रमण न्युकरण गर्न प्रशासनले आज देखी जेठ १ गते सम्म लागु हुने गरी जिल्ला भर निषेधाज्ञाको आदेश जारी गरेको छ ।

शुक्रवारको तथ्याङकलाई हेर्ने हो भने उर्लाबारीमा ११ जना नया कोरोना संक्रमितहरु थपिएका छन् ।

नया संक्रमितहरु थपिने क्रम बढिरहेकाले नगरबासीहरुलाई अतिआवश्यक काम बाहेक घरमै बसेर निषेधाज्ञा पालन गर्न मेयर फागोले अनुरोध गरेका हुन ।

कोरोना संक्रमणको दर दैनिक बढ्दै गएको अवस्थामा बेलैमा गम्भीर नभए अझ भयावह स्थिति आउन सक्ने खतरा रहेको फागोले बताए ।

मोरङमा शुक्रबार मात्रै ३५७ जना नया कोरोना संत्रमितहरु थपिएका छन् जसमा विराटनगरमा १३२ महिला र १४३ पुरुष सहित २७५, सुन्दरहरैचामा १५, बेलबारी र बुढीगंगामा ८-८, धनपालथान, पथरीशनिश्चरे र कटहरीमा ७-७, रतुवामाईमा ४, मिक्लाजुङमा ३, जहदा, ग्रामथान , सुनबर्षी र स्थानीय तह नखुलेका २-२, रंगेली, केराबारी, लेटाङ र कानेपोखरीमा १-१ नया संक्रमितहरु थपिएका हुन । 

मोरङमा हाल सम्म कारोना संक्रमणका कारण पुरुष १२१ र महिला ४० गरी जम्मा १६१ जनाको मृत्यु भएको छ भने । हिजो मात्रै मोरङमा ३ जनाको मृत्यु भएको थियो जसमा १ महिला र २ पुरुष रहेका छन् । भने हिजो मात्रै कोरोना संक्रमण जितेर २३ जना डिस्चार्ज भएका छन् ।