इटहरी : इटहरीमा बिहीबार विहान मृत भेटिएका युवकको हत्यामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । हबिहीबार  विहान इटहरी ६ ट्याङग्रा खोला पूर्व खाली जमीनमा नाम, थर, ठेगाना नखुलेको अन्दाजी ३० वर्षीय युवकको हत्यामा संलग्न भएकाे अाराेपमा इटहरी ६ बस्ने २४ वर्षीय प्रकाश तामाङ लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी  अर्जुन केसीले बताए । नाडीमा दुःखी राई लेखिएको मंगोलियन जस्तो देखिने मृतक व्यक्तिको पहिचान अझै हुन सकेकाे छैन  ।  युवकले मादक पदार्थ सेवन गरेको विषयमा मृतक र आफूबिच विवाद भएको र हात हालाहाल हुँदा टाउकोमा ईटा प्रहार गरी हत्या गरेको स्विकार गरेको प्रहरी स्रोतले जनाएको छ।