कोकिला भण्डारी

धनकुटा । धनकुटा नगरपालिका वडा नम्वर ३ कागतेमा १२ बर्षीय छोरी प्रितिजाले सडक मर्मतका कारण मोटरसाईकल दुर्घट्ना परी मृत्यु भएकी आफ्नी ३० बर्षीय आमा जानुका कार्कीको  काजकिरीया गरेकी छिन् ।

सामान्यतया आमाको मृत्यु हँुदा छोराले मात्र काजकिरीया गर्ने परम्परा रहेको भन्दै प्रचलन चलिरहेको अवस्थामा काजकिरीया कै लागि मात्र भएपनि छोरा जन्माउने पौराणिक आस्था रहेको छ । 

तर यस्तो प्रचलनलाई थाती राख्दै पौराणिक आस्थालाई समयानुकुल बनाउन र काजकिरीया गर्नकालागि छोरा नै चाहिन्छ भन्ने भ्रमात्मक सामाजिक मान्यतालाई तोड्दै मृतक जानुकाकी छोरी प्रितिजा न्यौपाने कार्कीले शहज रुपमा आफ्नी आमाको दाह्संस्कार देखि लिएर काजकिरीया समेत गरेकी हुन ।

मृतक जानुका बैशाख १० गते धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्वर ६ स्थित सिम्सुवामा सडक मर्मतका लागि थुपारिएको सडक मर्मत सामाग्रीका कारण आफ्नै भाई गजेन्द्र कार्कीले चलाएको मोटरसाईकल दुर्घट्ना हुँदा दिदि भाई नै घाईते भएका थिए । 

भाई सामान्य घाईते भएका थिए भने दिदि जानुका शख्त घाईते भएकी थिईन । दुवैलाई उपचारकालागि विराटनगर स्थित विराट नर्सिङ्गहोम लगिएको थियो ।

सामान्य घाईते भएका भाई गजेन्द्रलाई सामान्य उपचार पछि अस्पतालले घर पठाईदियो भने शख्त घाईते भएकी बेहोस अवस्थामा अस्पताल पुर्याएकी जानुकालाई ७२ घण्टा आईसियुको भेन्टिलेटरमा राखेर उपचार सम्भव नहुने भन्दै अस्पतालले घर फर्काईदिएको थियो । 

घर ल्याईपुर्याएको करिब आधा घण्टा पछि बैशाख १२ गते राति करिब आठ बजेर ३० मिनेट जाँदा जानुकाको मृत्यु भएको आफन्तको भनाई छ । 

मृतक जानुकाको संखुवासभा आँखिभुईका प्रकास न्यौपाने सँग विवाह पछि एक सन्तानको जन्म भएको र हाल उनिहरु विच सम्बन्ध विच्छेद समेत भईसकेकाले छोरी प्रितिजालाई लिएर माईती मै बस्दै आएकी थिईन । 

विवाह गरेर दिईसकेकाले माईतीसँग पनि गोत्र फरक पर्यो, श्रीमान सँग पनि सम्बन्ध विच्छेद भएर बेग्लै वस्दै आएकाले छोरीले विहिबार काजकिरीया गरेको हुन । 

छोरी हाल कक्षा ६ मा निजामती आवासिय विद्यालयमा अध्ध्ययनरत रहेकी छन् ।