कोकिला भण्डारी

धनकुटा । पाख्रीबास नगरपालिका वडा नं. ७ मा ऐतिहासिक ५४ करोडको लगानीमा औधोगिक ग्राम बन्ने भएको छ ।

विषम परिस्थतिका बाबजुद्ध पनि स्वास्थ्य मापदण्डका साथ उक्त पाख्रिबास स्तरीय नगर औद्योगिक ग्रामको संघीय सांसद राजेन्द्र कुमार राई र नगर पालिकाका मेयर बृष बहादुर राईले सिलान्यास गर्नुभएको छ । 

औधोगिक ग्राम बहुवर्षिय योजना अन्तर्गत ५४ करोडको लगानिमा बन्न लागेको हो । 

संघिय सांसद राईले औद्योगिक ग्राम सिलान्यासको अवसरमा बोल्नु हुदै सुर्य बहादुर थापा यसै ठाउँबाट निर्वाचित भएर धेरै पटक प्रधानमन्त्री भैईसकेको, उनैका पुत्र सुनिल बहादुर थापा पनि २ पटक मन्त्री भईसकेको तर जनताको जिवनस्थरको उन्नत्तिका लागि केही पनि भुमिका निर्वाह नगरेकोले आफु संघीय सांसद हुँदा स्थानीयलाई राजगारर दिई आर्थिक संमृद्धि बनाउदै स्थानीयको जिवनस्तर माथि उठाउने उद्धेश्यले औद्योगिक ग्रामको सिलान्यास, सडक कालोपत्रे, १५ बेडको अस्पताल, विद्यालय निर्माणलगायतको सामाजिक काममा लागि परेको जानकारी दिनुभयो ।   183247247_307138160805722_180195794225459163_n

उहाँले जनतालाई सिरमा राखेर काम गर्ने र बिकासको काममा बिरोध गर्नेलाई पन्छाउँदै अगाडि बढ्ने चेतावनी दिनुभयो ।

पाख्रीबास नगरपालिकाका मेयर राईले औद्योगिक ग्रामले रोजगारी श्रीजना गर्ने र विदेश पलायन हुनुपर्ने बाध्यता रोकिने बताउदै नगरपालिकाले अगाडि सारेका विभिन्न योजनाहरुमा काम गर्न विरोधी तत्वहरुले नदिनको लागि अदालतमा समेत मुद्धा दर्ता गर्नेहरु प्रती खेद प्रकट गर्नुभयो ।

पाख्रीबास नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष फडिन्द्र तामाङ्गको अध्यक्षता एवं संघीय सांसद राईको प्रमुख आतिथ्यतामा सम्पन्न सिलान्यास कार्यक्रममा पाख्रीबास नगरपालिकाका मेयर बृष  बहादुर राई, प्रमुख प्रशासकीय अधिकृत डिक बहादुर राई, उप प्रमुख देवकला तिम्सिना, धनकुटा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तारा तितुङ्ग, समाजसेवी, पार्टी प्रतिनिधि, जग्गादातालगायतको उपस्थिति रहेको थियो ।