धनकुटा । सिपका माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर वनाउने उद्धेश्य सहित धनकुटाको सान्नेमा सञ्चालित सात दिने  हस्तकलाका  सामाग्री वनाउने तालिम सम्पन्न भएको छ । 

महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत पाख्रीवास नगरपालिका वडा नम्बर २ को आयोजना तथा भावना सिलाई प्रशिक्षण केन्द्र धनकुटाको प्राविधिक सहयोगमा सञ्चालित तालिमको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण  गरिएको हो ।182500708_962211607870539_3791940452802375578_n

   गुडिया,गलैचा चकटी ,गमला फुलदानी लगायतका हस्तकलाका सामाग्रीहरु वनाउने तालिममा पाख्रीवास नगरपालिका २ का १७ जना महिलाहरुको सहभागिता रहेको थियो ।   182249953_3026121397615983_7670424163785212888_nधनकुटा जिल्लाको पाख्रिबास नगरपालिका वडा नम्वर २ का अध्यक्ष तोर्ण बहादुर खपाङ्गीको अध्यक्षता तथा पाख्रीवास नगरपालिकाकी उपप्रमुख देवकला तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथीले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेकी थिइन । 181903452_3026119590949497_6206842401690038538_nतालिम समापन कार्यक्रम वडा सचिव ठगेन्द्र अधिकारीले सञ्चालन गरेका थिए । 

 तालिममा प्रशिक्षण भावना सिलाई प्रशिक्षण केन्द्रकी सञ्चालिका भावना मल्ल ठकुरीले दिएकी थिन  भने तालिमको संयोजन कोकिला भण्डारीले गरेकी थिइन ।