इटहरी, कोरोना भाइरसको संक्रमणको दोस्रो लहरको शुरुवाती बेलामा नै नेपालका सरकारी अस्पतालहरूले ‘अब धान्न सक्दैनौं’ भन्न थालिसके । कोही पनि गम्भीर किसिमका कोरोना संक्रमितको उपचार बाध्यतामा निजी अस्पतालमा महंगो शूल्क तिरेर गराउनु पर्ने अवस्था आउँदैछ । तर प्रदेश १ का मुख्य शहरहरूको स्थिति हेर्ने हो भने मानिसहरू अझै पनि कोरोना संक्रमणको विषयमा गम्भीर छैनन् ।  दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण सर्वत्र त्रास बढिरहेको अवस्थामा भरतसंग सिमा जोडिएका सुनसरीमा  झनै जोखिममा छ ।

सुनसरीको इटहरीमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा छ । शिक्षित मानिसहरूको सहर भनेर चिनिएको इटहरीमा सर्वसाधारणको लापरवाहीको यो हद देखेर सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरू आजित बनेका छन् । इलाका प्रहरी कार्यलय इटहरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपजाउन निरन्तर अपील गरीरहेको छ । प्रहरी देख्ने वित्तीकै मानीसहरु मास्क लाउने नत्र अझैपनी बेवस्थ ागर्ने गरेका छन ।  इलाका प्रहरी कार्यलय इटहरीका प्रमुख अर्जुन केसी भन्छन  ्, ‘मास्क लगाइदिनुस् न भन्दा चिउँडोबाट माथि सार्छन्। खल्तीबाट निकालेर लगाउँछन्।’लाखौंको सवारी साधन चड्ने मान्छेले मास्क नलाइदिएको देख्दा आश्चर्य उनी बताउछन ।

सुनसरी प्रशासनले मंगलवार बेलुका मध्यराती १२ बजे देखि कोरोना संक्रमण नफैलियोस भनेर संक्रामक रोथ नियन्त्रण ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८को प्रयोग गरी जिल्लामा आगामी ३१ गते सम्मलाई बन्दाबन्दीको आदेश जारी गरेको छ । तर छिमेकी जिल्ला मोरगं तर्फ मानिसहरुको आवागमन नियन्त्रण गर्ने कुनै पनि काम नभएका कारण सुनसरीमा त्यसको प्रभाव परिरहेको देखिन्छ । छिमेकी जिल्लामा मानिसहरुको आवतजावत नियन्त्रण गर्ने कार्य नभएका कारण सुनसरी तर्फ बन्दाबन्दीलाई समयमा मानिसहरुको आवतजावत नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीहरुलाई समस्या भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक अर्जुन केसीले जानकारी दिए । उनले लामो दुरीका सवारी साधनहरुलाई आफनो इलाका क्षेत्रमा रोक नदिने गरी सञ्चालन गर्न दिएपनि स्थानीय रुपमा अत्यावश्यक काम बाहेक हिड्नेहरुलाई कारवाही गर्न थालिएको वताए ।

तस्वीरहरूः

 mask nalaune (4)mask nalaune (2)mask nalaune (4)mask nalaune (2)mask nalaune (3)