वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा। चुरामणि पोखरेलका अनुसार सिरहा गोलबजार–६ का २९ वर्षीय युवकको उपचारका क्रममा बिहीबार ११ः१५ बजे मृत्यु भएको हो । उनीमा वैशाख १२ गते संक्रमण पुष्टि भएको थियो ।

विराटनगरस्थित नोबल मेडिकल कलेजले संक्रमण पुष्टि भएसँगै उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा वैशाख १२ गते रिफर गरेको थियो ।