कोरोना संक्रमण बढदै गएपछि उदयपुरमा निषेधाज्ञा थपिएको छ । । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी०को बिहीबारको बैठकले थपिएको निषेधाज्ञा झन् कडा पार्दै लैजाने निर्णय गरेको छ ।

डिसिसीएमसीले कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमै फैलिएको निष्कर्ष निकालेको छ । संक्रमण समुदायमै फैलिएपछि २४ गते शुक्रबार राति १२ बजेदेखि ३१ गते राति ८ बजेसम्म सबै प्रकारका सवारी साधनलाई पूर्णरुपले रोक लगाउने निर्णय गरिएका केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाइले बताए ।

यसअघि सर्वसाधरणको समस्यालाई मध्यनजर गर्दै दुई पांग्रे सवारीसाधन मोटरसाइकलमा एक जनासम्म सवारी गर्न पाउने भनिएको थियो । तर आजको बैठकले त्यो सँगै सबै सवारीसाधनमा रोक लगाउने निर्णय गरेको छ । त्यसैगरी अत्यावश्यक कामबाहेक सर्वसाधणलाई जिल्ला बाहिर आउजाउमा समेत रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सेढाइले बताए ।

यस्तै, सबै बजारलाई बिहान ६ देखि १० बजेसम्ममात्र संचालन गर्न दिइने छ । अत्यावश्यक वा विशेष काम औषधि, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु वा सेवा खरिद बिक्री बाहेक सामान्यत कसैलाई पनि घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए सामाजीक दूरी, स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गर्न आग्रह गरिएको छ ।