बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनालले आफुले चढ्दै आएको बा.१ झ ८८९१ नं को गाडी र प्रमुख प्रशासकिय अधिकृत राजेश पोखरेल चढ्दै आएको बा .१ झ.५८१४ नं को गाडी नगरबासीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने निर्णय नगर प्रमुख निलम खनालले गरेका छन् ।

कोरोना संक्रमणको समयमा गरीब जनताले दुख पाउनु नपरोस, समयमै अस्पताल लान नसक्दा ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले जनताको सेवामा आफु सधै तत्पर रहेको प्रमुख निलम खनालले बताए । एउटा गाडी गर्भवति सुत्केरीको लागी अस्पताल लैजान ल्याउन प्रयोग गरीने र एउटा गाडी आइसुलेसनमा प्रयोग गरीने छ । गाडीमा अक्सिजनको सिलिन्डरको व्यवस्थापन समेत गर्ने तयारी भैरहेको छ । आफुले आफ्नो काममा र नगरपालिकाको काममा हिड्नको लागी आफ्नो व्यक्तिगत स्कुटी प्रयोग गर्ने खनालले बताए । आइसुलेसनको लागी बराहक्षेत्र नगरपालिकामा रहेको सप्तकोशी बहुमुखी क्याम्पसमा ५० शैयाको आइसुलेसन तयारी अबस्थामा रहेको प्रमुख खनालले बताएका छन् । 

unnamed (1) 1

unnamed