उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका-९ का ५० बर्षीय पुलकित चौधरीले कुटपिट गर्दा भाई ३६ बर्षीय खुशिलाल चौधरीको मृत्यु भएको छ । गत २० गते राती ८ बजेको समयमा सामान्य बिषयलाई लिएर दाजु भाई वीच बादबिबाद भई कुटपिट हुँदा घाईते भएका खुशिलाललाई उपचारको लागी जिल्ला अस्पताल गाईघाट हुँदै थप उपचारको लागी बिराटनगरको गोल्डेन अस्पताल लगी उपचार भईरहेकोमा उपचारको क्रममा बुधवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनामा संग्लग्न पुलकितलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।