इटहरी । धार्मिक गतिविधिहरुमा पछिल्लो समयमा युवाहरुको सहभागिता वढ्न थालेको छ ।

   प्राचिन हरिद्धार चतराधाममा रामनवमीको अवसर पारेर आयोजित धार्मिक कार्यक्रममा देश विदेशी देखिका युवाहरुको सहभागिताले धार्मिक कार्यक्रममा युवाहरु आकर्षणलाई पुष्टि गरेको हो ।

   जगतगुरु श्री रामानन्द सेवा पिठले आयोजना गरेको सप्ताह व्यापी रामायण पाठ कार्यक्रममा मुलुकका विभिन्न स्थानका साथै अमेरिका ,क्यानडा ,वेलायत लगायतका देशहरुवाट समेत युवाहरुको सहभागिता रहेको थियो ।

   कोरोना कहरका कारण प्रतिनिधि मुलक रुपमा रामानन्द सेवा पिठको हनुमान मन्दिरमा आयोजना गरिएको सप्ताह व्यापी रामायण पाठको नेतृत्व महायोगी सिद्धबाबा डा.कृष्ण दासले गरेका थिए ।

   सो अवसरमा उनले हिन्दु जागरण अभियान तथा आध्यात्मिक जागरणमा युवाहरु मात्र नभएर सबै लाग्नु पर्नेमा जोड दिए ।