सुनसरी । कोभिड १९को नयाँ भेरियन्ट संक्रमितको संख्या दिनप्रतिदिन बढी रहेको समयमा सुनसरीको सिमा क्षेत्रमा कडाई गर्न थालिएको छ ।

  छिमेकी मुलुक भारतसंग ६२ किलोमिटर खुल्ला सिमा रहेको सुनसरीमा मानवीय आवतजावतलाई निस्तेज पार्न कडाई गर्न थालिएको हो ।

सशस्त्र प्रहरी नेपाsnapshot_028ल प्रहरी र स्वास्थ्य कार्यालयको संयुक्त टिम परिचालन गरी मानव स्वास्थ्यलाई मध्यनजर गर्दै सिमामा कडाई गरिएको सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक माधवप्रसाद पौडेलले जानकारी दिए । उनले भारतसंग सिमा जोडिएको सुनसरी तर्फ मानिसहरु प्रवेश हुन नदिन ७१ स्थानका चेकपोस्ट वनाएर कडाई गरिएको वताए । snapshot_022

 भारतमा रहेका नेपालीहरुलाई प्रवेशका लागि भान्टावारी नाका खुल्ला गरिएको र स्वास्थ्य परिक्षण गरि प्रवेशको व्यवस्था मिलाएको समेत जनाए ।

  स्वास्थ्य परिक्षणमा कोभिडका शंकास्पद देखिएकाहरुलाई आइसोलेसनमा पठाउने व्यस्था मिलाइएको समेत जनाइएको छ ।

  भारत तर्फ किनमेलका लागि जाने नेपालीहरुलाई पनि पछिल्ला केही दिन देखि स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै रोक लगाउन थालिएको छ ।

  खुल्ला सिमानाका कारण लुकिछिपी नेपाल प्रवेश गर्ने कार्यलाई निस्तेज पार्न सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । 

 जिल्लामा अघिल्लो दिन सम्म ५सय ७६ जना संक्रमित र ९ जनाले कोभिडका कारण ज्यान गुमाई सकेको तथ्याँक रहेको छ । 

((