मोरङको उर्लावारी नगरपालिका वडा नम्वर २ को आधारभुत स्वास्थ्य सेवा केन्द्रको सोमवार शिलान्यास गरिएको छ ।

स्थानीय सरकार आएको ३ वर्ष सम्म पनि आधारभुत स्वास्थ्य सेवाकेन्द्रहरु नहुदा स्थानिय जनता आधारभुत स्वास्थ्य सेवा बाट वञ्चित रहेका थिए ।

सो अवस्थालई हल गर्ने उदे्श्यका साथ सोमवार मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर २ मा आधारभुत स्वास्थ्य केन्द्रको शिलान्यास गरिएको छ ।

वडा कार्यसमितिले आगामी आर्थिक वर्ष देखि आफ्नै स्वामित्वमा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र बाट स्थानिय जनतालाई सेवा प्रदान गर्ने भएको छ ।

भवन निर्माणका लागि उर्लावारी २ मा बसोवास गर्ने उदय बहादुर कार्कीले हालको चलनचल्तीको मुल्यअनुसार ३० लाख रुपैया पर्ने २ भन्दा बढी जग्गा प्रदान गरेका हुन् । 

अव स्थानिय स्तरमै स्वास्थ्य सेवा केन्द्रको स्थापना भएपछि जनताले प्राथमिक उपचार सहज रुपमा पाउने र आफ्नो स्वास्थ्य अधिकार सुरक्षित गर्न सक्ने अवस्थाको सृजना हुने वडाध्यक्ष राजन कुमार कडेलले बताए ।

स्थानिय तहको निर्वाचन पछि वडाका नगरिकलाई सहजरुपमा स्वास्थ्य सेवा उपलव्ध गराउने उदे्श्यका साथ स्वास्थ्य सेवा केन्द्र स्थापना हुन लागेको नगरपालिकाका मेयर खड्ग बहादुर फागोले बताए ।

भवनको उद्घाटन नरपालिकाका मेयर खड्ग बहादुर फागोले गरेका हुन् । फागोले अन्य वडामा पनि सेवा केन्द्रको चाडै विस्तार गर्दै लगिने बताएका छन् ।