इटहरी । कोभिड १९को नयाँ भेरियन्ट जिल्लामा समेत फैलिरहेको तर्फ मध्यनजर गर्दै जिल्लाबासीलाई स्वास्थ्य सुरक्षाका लागि नेपाल तरुण दल सुनसरीले मास्क वितरण अभियान सुरु गरेको छ ।

  कोरोना संक्रमण दर उच्च रहेको सुनसरी जिल्लामा स्वास्थ्य सुरक्षाका लागि स्थानीय प्रशासनले गत शुक्रवारबाट निशेधाज्ञा जारी गरेको छ,  त्यसैलाई मध्यनजर गर्दै नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुगंको नेतृत्वमा तरुणले स्वास्थ्य सुरक्षाका लागि मास्क वितरण गर्न अभियान थालेको हो ।181976184_2550001798627400_4138381795888755134_n

  तरुण दलले जिल्लाका विभिन्न ठाउँहरुमा मानव स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै मास्कका साथै सेनिटाइजर वितरण गर्न थालेको सभापति गुरुगंले जानकारी दिए । स्वास्थ्य सुरक्षाका लागि मास्क सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामाग्री वितरण गर्ने कार्यलाई तरण दलले निरन्तरता दिने समेत सभापति गुरुगंले वताए ।

   जिल्लाका इनरुवा , रामधुनी , धरान , बराहक्षेत्र ,दुहवी लगायतका स्थानहरुमा तरुण दलका स्थानीय नेताहरुको सक्रियतामा मास्क सेनिटाइजर विभिन्न गर्न थालिएको छ । अघिल्लो वर्ष पनि कोरोना कहरका समयमा  तरुण दल सुनसरीले मास्क ,सेनिटाइजर , साबुन तथा लकडाउनका समयमा विपन्न परिवारका लागि खाद्यान्न राहत समेत वितरण गरेको थियो । जुनसुकै किसिमको विपदको समयमा  जिल्लावासीहरुलाई राहत वितरणमा तरुण दल सुनसरीले अग्रस्थानमा रहेर सामाजिक कार्य गर्ने गरेको छ ।