इटहरी,  इटहरी उपमहानगरपालिका ९ नं. वडामा अपाङगहरुका लागी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । ९ नं. वडा कार्यालयको सहयोग र हेल्पीङ युथ सुनसरीको आयोजनामा सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा अपाङगहरुको हक अधिकार र कानूनको बिषयमा जानकारी दिइएको छ । ९ नं. वडा अध्यक्ष भुपेन्द्र बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अपाङगहरुमा हुने बिभेद अन्त्यको लागी एक हुनु पर्ने र अपाङगहरुको लागी हिडडुल गर्न सम्मस्या हुने गरेको छ जसका लागी प्रहरीहरु समेतको उपस्थितीमा उनिहरुका समस्था र समाधानका निमित्त उक्त कार्यक्रम आयोजना गरिएको  हेल्पीङ युथ सुनसरीका अध्यक्ष विकल पौडेलले जानकारी दिएका छन् ।

अहिलेको समयमा समेत अपाङगहरुका लागी विद्यालय , घर र आवतजावतमा समेत समस्या हुदै आउको छ जसका लागी ९ नम्बर वडाले अपाङगहरुको सहजिकरण गदै आएको वडा सदस्य कुमारी न्यौपानेले जानकारी दिएकी छन् ।

अपाङगहरुका लागी बाटोमा आवत जावत तथा बाटो काट्दा धेरै समस्या हुने प्रदेश १ ट्राफिक कार्यालयका प्र.स.नि ज्ञान बहादुर देउजाले बताएका छन् । यातायातको प्रयोगमा सवारी चालकले समेत उनिहरुलाई नचढाएको गुनासो आइरहदा हामिलाई सम्पर्क गर्नुहुन देउजाले अनुरोध गरेका छन् । 

180550425_1113401035840744_6371744007022362293_n

180987496_1113400715840776_6994984958290394430_n