विराटनगरस्थित कोशी कोभिड(१९ उपचार केन्द्रमा बिराटनगर १३ का ६१ बर्षका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

वैशाख १५ गते कोरोना पुष्टि भएपछि कोभिड उपचार केन्द्रमा भर्ना भएका उनको उपचारको क्रममा २० गते मृत्यु भएको हो ।

सार्स फेर्न समस्या भएर छाती दुख्ने समस्या भएपछि अक्सिजनमा राखेर उपचार गरिएको थियो ।

रुघा खोकी ज्वरोका कारण  अक्सिजनको मात्रा कम भएका कारण उपचारको क्रममा मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन् ।