इटहरी । नयाँ भेरियन्टको कोभिड १९को महामारीका रुपमा नेपालमा समेत फैलिरहेको तथा उच्च जोखिममा रहेको जिल्लामा परेको सुनसरीमा स्थानीय प्रशासनले मानव स्वास्थ्य सुरक्षाका लागि जारी गरेको निषेधाज्ञा प्रभावकारी हुन सकेको छैन। संक्रमण वृद्धि दरलाई हेरेर नेपाल सरकारले कोभिड १९को उच्च जोखिमको जिल्लाका रुपमा सुनसरीलाई सुचिकृत गरेको छ भने स्थानीय प्रशासनले मानव स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै गत शुक्रवार मध्यराती १२ वजे देखि निषेधाज्ञा जारी गरेपनि प्रवाहकारी हुन नसकेको हो । जिल्लामा दिनप्रतिदिन कोभिड १९को संक्रमितहरुको संख्या वढी रहेको तर्फ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले मानव सुरक्षाका लागि अत्यावश्यक काम भन्दा वाहेक घर वाहिर ननिस्कन अनुरोध सहित निषेधाज्ञा जारी गरेपनि बजार क्षेत्रमा मानव चहलपहल कायमै रहेको छ ।

बजार पसल विहान ६बजे देखि विहान ११बजे सम्म सञ्चालन गर्न दिने साथै सवारी साधनमा जोरविजोर प्रणाली लागु गरेपनि बजार क्षेत्रमा मानविय चहलपहलमा कमी आएको देखिन्दैन ।

घर वाहिर निस्कीएका मानिसहरुले सामान्य स्वास्थ्य सुरक्षा अपनाएर मास्कको प्रयोग गरेको देखि पनि भौतिक दुरी , तोकिएको संख्या भन्दा बढी मानिसहरु भेला भएको पनि देखिन्छ ।

प्रशासनले निशेधाज्ञा घोषणा गरेपनि नियमन र अनुगमन नगरेको तथा मानिसहरु पनि लापरवाही रुपमा वाहिर निस्कीरहेको कारण पनि कोरोनाको जोखिम कायम रहेको स्थानीय स्थानीय औषधि व्यवसायी देव कुमार राउत वताउछन ।

निशेधाज्ञाले मजदुरी गरेर खानेहरुलाई समस्या हुने भएपनि स्वास्थ्य सुरक्षा अपनाएर मजदुरी गर्नु पर्ने इटहरीमा सिटी सफारी चलाउदै आएका नरवहादुर नेपाली वताउछन । उनी आफु मास्क नलगाउनेहरुलाई सिटीमा नचढाउने गरेको सिटी सफारी चालक नरवहादुर नेपाली सुनाउछन ।

स्थानीय प्रशासनले सवारी साधनमा जोरविजोर प्रणाली लगाइएपनि भौतिक दुरी पालना नगरि सञ्चालन गरेको देखिन्छ । त्यसै गरी सुनसरी जिल्लामा निशेधाज्ञा जारी गरेपनि सिमा जोडिएका जिल्लाहरुमा कुनै किसिमको रोकटोक नभएका कारण पनि सुनसरीमा त्यसको प्रभाव परेको देखिन्छ ।

आइतवार सम्म सुनसरीमा पाच सय १२ जना संक्रमितको संख्या पुगेको तथा ९ जनाको मृत्यु समेत भईसकेको छ । निशेधाज्ञा पालना गराउन सुरक्षाकर्मीले परिचालन गरीएपनि मानिसहरु आफै सचेत नवन्दा स्वास्थ्य सुरक्षाका लागि लागु गरिएको निशेधाज्ञा प्रभावकारी वन्न सकेको देखिदैन ।

जिल्लामा ६२ किलो मिटर भारतसंगको खुल्ला सिमाका कारण पनि लुकीछिपी सुनसरी प्रवेश गर्नेहरुले समेत जोखिम वढाई रहेका छन ।

यदपी सुनसरी प्रशासनले सिमा क्षेत्रमा कडाई गरी नेपालीहरुलाई मात्र प्रवेश गराउने गरेको छ । जसमा कोरोनाका शंकास्पदहरुलाई स्वास्थ्यहरुमा पठाउने कार्य गर्दै आएको छ । निशेधाज्ञा पालना गराउन सुरक्षाकर्मीहरुले तोकीए मापदण्ड प्रयोग नगरि सञ्चालन गरिएका सवारीहरु नियन्त्रण भने गर्दैआएका छन ।