कोकिला भण्डारी

धनकुटा  । धनकुटा जिल्लामा लागु औषध कारोबारी बढ्दो छ । 

लागु औषध कारोवारमा संलग्न थप दुई जना धनकुटाबाट पक्राउ परेका छन् । धनकुटा नगरपालिका वडा नं ६ रमाइलो घुम्ती बस्ने बर्ष २३ को रुपेश मरिक र धनकुटा नगरपालिका वडा नं ७ सिरवानि बस्ने बर्ष २९ को प्रबिण भनिने हरी सुन्दर श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यस अघि पक्राउ परेका धनकुटाको बुढीमोरङ घर भई हाल धरान उपमहानगरपालिका १९ वस्दै आएका २३ वर्र्षी भिमराज लिम्वुको बयानको आधारमा रुपेश र सुन्दरलाई पक्राउ गरिएको हो ।

धनकुटा नगरपालिका मदन चौकमा पैदल यात्रा गरिरहेको अवस्थामा पक्राउ परेका लिम्वुको साथबाट प्रहरीले ४७ पीस डाईजेल्याप, ४४ पीस एभिएल ३८ पीस लुप्रिजेसिक र लागु औषध प्रयोग गर्ने ४ वटा सु ई सहित १ सय ३० एम्पुल बरामद गरेको जनाएको छ ।

लिम्वुको वयान पछि प्रहरी निरीक्षक काशीनाथ रेग्मी सहितको प्रहरी टोली खटिएर अनुसान्धान गर्दा सुन्दरको कोठाबाट २० एम्पुल एभिल,२० एम्पुल लुप्रिजेसिक, डाईजिल्याप २० एम्पुल र प्रोमेथजिन २० एम्पुल फेला पारेको हो ।

पक्राउ परेका तीनै जना माथि जिल्ला अदालत धनकुटाबाट ५ दिनका लागि म्याद थप गरि अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाको सञ्चार शाखाले जनाएको छ ।