काठमाडौं । दोस्रो चरण देशभर महामारीका रुपले फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम भएपछि सरकारले आजबाट आन्तरिक हवाइ उडान पनि बन्द गरिने भएको छ ।  मन्त्रिपरिषदको हिजो बसेको बैठकले आज राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए । साथै, वैशाख २२ गतेदेखि सबै अन्तर्राष्ट्रिय उडान पनि बन्द गरिने गुरुङले जानकारी दिए ।

गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिए पनि हवाइ उडानहरु भने निरन्तर चलिरहेको छ ।  अत्यावश्यक पर्दा चार्टर्ड उडानका लागि अनुमति दिइने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको उनको भनाइ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले पनि हवाइ उडान बन्द गर्न सिफारिस गरेको थियो ।