धनकुटा । सिपका माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर वनाउने उद्धेश्य सहित धनकुटाको सान्नेमा महिला सशक्तिकरणका लागि हस्तकलाका सामाग्री वनाउने तालिम सुरु भएको छ ।

  पाख्रीवास नगरपालिका वडा नम्बर २को सहयोग तथा भावना सिलाई प्रशिक्षण केन्द्रको आयोजनामा महिलाहरुका लागि गुडिया,गलैचा चकटी ,गमला फुलदानी लगायतका हस्तकलाका सामाग्री वनाउने सात दिने तालिम सुरु भएको हो ।180880825_327668458980210_8857201507637049366_n

  धनकुटा जिल्लाको पाख्रिबास नगरपालिका वडा नम्वर २ का अध्यक्ष तोर्ण बहादुर खपाङ्गीले  उद्घघाटन गरेको तालिममा सोही वडाका १७ जना महिलाहरुको सहभागिता रहेको छ । आगामी विहीवार सम्म चल्ने तालिममा भावना सिलाई प्रशिक्षण केन्द्र धनकुटाकी सञ्चालिका तथा प्रशिक्षक भावना मल्ल ठकुरीले सहजिकरण गरिरहेकी छन ।

  तालिम उद्धघाटन कार्यक्रममा भावना सिलाई प्रशिक्षण केन्द्र धनकुटाका कार्यक्रम संयोजक कोकिला भण्डारी वालपञ्च माध्यमिक विध्यालयका प्रधानाध्यापक भरतमोहन अधिकारी, वडा सचिव ठगेन्द्र प्रसाद अधिकारी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।