कोकिला भण्डारी 

धनकुटा । साँगुरीगढी गाउँपालिकामा खाद्य स्वच्छता सम्बन्धि दुईदिने तालिम सम्पन्न भएको छ । 

साँगुरीगढी गाउँपालिका भेडेटारका उपाध्यक्ष बिन्द्रा राईको प्रमुख आतिथ्यता एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका कार्यालय प्रमुख अनुप हलवाईको अध्यक्षतामा स्वास्थ्य सुरक्षा मापदण्डका साथमा गाउँपालिका स्थित भेडेटारमा रहेका होमस्टे तथा २० वटा होटेल, रेष्टुरेन्ट, क्यान्टिन सञ्चालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी तालिम सम्पन्न भएको  हो ।

होटल एसोसिएसन भेडेटारको सहकार्य एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको आयोजनामा साँगुरीगढी गाउँपालिका कार्यालयको सभाहलमा उक्त तालिम सम्पन्न भएको उपाध्यक्ष विन्द्र राईले जानकारी दिनुभयो ।178832694_161471439135200_8041704680404252798_n

खाद्य स्वच्छताको आधारमा होटेल स्तरिकरण गर्ने निर्देशिका २०७४ अन्तर्गत स्तरिकरण मुल्याङ्कन सुचाङ्कको आधारमा होटेलको खाद्य स्वच्छताको स्तर वर्गिकरण गरिने, खाद्य स्वच्छताको दृष्टिकोणबाट होटेल रेष्टुरेन्टको आवश्यक पुर्वाधार विकास, सरसफाई, पानिको व्यावस्थापन, भौतिक पुर्वाधार तथा गुणस्तर लगायतको विषयमा कार्यालय प्रमुख हलवाईले  शहजिकरण गर्नुभएको थियो ।

यसैगरि खाद्य पदार्थमा हुन सक्ने जोखिमहरू, होटेल रेस्टुरेन्टका विद्यमान समस्या तथा सुझावहरु, खाद्य मिसावट, खाद्य स्वच्छताको सम्बन्धमा नियमन गर्ने ऐन खाद्य ऐन २०२३ खाद्य नियमावली २०२७ का आधारभुत पक्षहरुको विषयमा साँगुरीगढी गाउँपालिका कार्यालयका अधिकृत प्रज्वल पोख्रेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका खाद्य निरिक्षक सुशिल कोईरालालगायतले शहजिकरण गर्नुभएको थियो ।

खाद्य स्वच्छता कायम गर्न मद्यत पुग्ने पहिलो पटक सहभागि हुन पाएको उक्त तालिम निकै प्रभावकारी रहेको सहभागिहरुको भनाई छ । 179971561_862004127997839_6644490311979546493_n

उक्त तालिममा साँगुरीगढी गाउँपालिकाका होटलहरुका विद्यमान समस्याहरु, आन्तरिक पर्यटन विकासमा होटलको भूमिका र खाद्य स्वच्छता प्रदान गर्ने विषयमा प्रतिबद्ध रहेको होटेल एसोसियसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बचन दिनुभयो ।  

गाउँपालिकाका हरेक कार्यक्रममा फोहोरमैला व्यावस्थापन गरिने, होटल व्यावसायले भेडेटारको पर्यटन विकासमा सहयोग पुगेको प्रमुख अतिथि साँगुरीगढी गाउँपालिकाका उपाध्यक्ष राईले बताउनु भयो ।

उक्त कार्यालय धनकुटाले धनकुटा जिल्लाका होटल, रेष्टुरेन्ट, खाद्य बजार, उद्योग अनुगमन तथा निरिक्षण गर्ने, खाद्य मिसावट नियन्त्रण गर्ने, सरोकार पक्षहरुलाई खाद्य स्वच्छता तथा खाद्य पोषण सम्बन्धी तालिम प्रदान गर्ने, खाद्य बजारको स्वच्छता कायम गर्ने, कार्यक्रमको उद्धेश्य अनुसार साना होटल व्यावसायीहरुलाई खाद्य स्वच्छताको तालिम दिएको, अनुगमन मार्फत तालिम सिकाइको परिक्षण गरिने लगायतका कार्य गरिरहेको कार्यालय प्रमुख हलवाईले जानकारी गराउनु भयो ।