प्रदेश १ का उधोग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा सरकारी निणर्यको उल्लंघन गर्दै हरेक सार्वजनिक सभा सम्मेलनमा उपस्थिती भईरहेका छन । 

सरकारले २५ जना भन्दा बढी मानिसहरु भेला हुन नपाउने निणर्य गरे पनि सरकारी पक्षबाट नै सरकारको निणर्य उल्लंघन भईरहेको छ 

कोरोना भाइरसबाट प्रदेश नं १ को मोरङ जिल्ला समेत उच्च जोखिममा रहेको छ तर सरकारमा रहेका मन्त्रीहरु आफैले निणर्य गर्ने तर आफैले उल्लंघन गर्दै आएको छ । 

प्रहरीले माक्स नलगाउनेलाई सडक सडकमा माक्स वितरण गर्दै साथै निशेधाज्ञा तोड्ने लाई नियन्त्रणमा लिए पनि सरकारेर पक्षबाट नै सरकारको निणर्य उल्लंघन हुदा जनमानसमा ठूलो मान्छेलाई कानुन लाग्दैन भन्ने सावित भएको छ ।  मोरङमा विराटनगर महानगरपालिका सहित अन्य केही पालिकाहरुमा निशेधाज्ञा लागि सकेको छ ।