कोकिला भण्डारी                                                   धनकुटा । लागु औषध सहित धरान उपमहानगरपालिका १९ का २३ बर्षीय भिमराज लिम्वु पक्राउ पर्नु भएको छ । जिल्लाको धनकुटा नगरपालिका स्थित मदन चौकमा पैदल यात्रा गरिरहेको अवस्थामा लिम्वु पक्राउ पर्नु भएको हो । लिम्बुलाई पक्राउ गरेको केहि समयपछि टेम्फो चालकलाई समेत नियन्त्रणमा लिईएको छ । पक्राउ परेका लिम्बुको साथबाट प्रहरीले ४७ पीस डाईजोल्याप, लागुऔषध ४४ पीस एभिल, ३८ पीस लुपिक्रजेसिज र लागु औषध प्रयोग गर्ने ४ वटा सुई बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी सन्तुलाल जैसवालले जानकारी दिनुभयो । उहाँका अनुसार यस्तो कारोबारको अन्त पनि कनेक्सन समेत हुन सक्ने भएकोले थप अनुसन्धान भईरहेको छ । कहाँ लगेको, केकालागि लगेको भन्ने षियमा थप अनुसन्धान भईरहेको छ । धरानबाट धनकुटा ल्याएर लागु पदार्थ बेचबिखन गर्न लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाको अनुमान छ ।