उर्लाबारी । मोरङको मिक्लाजुङ-३ का आगलागी पीडित गंगा पुलामी मगरलाई सहयोग प्राप्त भएको छ ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का सभापति एबं उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागोको नेतृत्वमा मगर परिवारलाई २१ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो ।

गत चैत २८ गते स्थानीय मगरको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको थियो । 

आर्थिक अवस्था कमजोर भएको उक्त परिवारलाई सभापति फागोले सहयोग हस्तान्तरण गर्दै विपतको अवस्थामा सबैले साथ र सहयोग गर्नु पर्ने धारणा राखेका थिए ।