इटहरी । सडक क्षेत्रबाट उद्धार गरिएका मानिसहरुलाई आश्रय दिदै आएको माया घर नेपाल इटहरीलाई दाताहरुको सहयोग जुट्ने क्रम जारी रहेको छ । पछिल्लो समयमा काठमाडौ निवासी मदनदेव आचार्यको परिवारले स्वर्गिय आफना पितृहरुको स्मृतिमा माया घर नेपाललाई एउटा कोठा वनाएर हस्तान्तरण गरेको छ ।

आफना स्वर्गिय वुवाआमा शिवप्रसाद आचार्य प्रेमकुमारी आचार्य र हजुरवुवा हजुरआमा मेदनीप्रसाद आचार्य र बालकुमारी आचार्यको स्मृतिमा ४ लाखको लागतमा निर्माण गरिएको कोठा हस्तान्तरण गरेका हुन।180208611_477797976866862_2769829908130204219_n

   मदनदेव आचार्य श्रीमती उमादेवी आचार्य र विज्ञानदेव आचार्य तथा श्रीमती विमला आचार्यको तर्फबाट कोठा निर्माण गरी आफना पितृहरुको नाममा एउटा कोठाको लागि चाहिने सम्पुर्ण सामाग्रीहरु उपलव्ध गराएर संस्थाकी अध्यक्ष भागवत मञ्जरी राधिका दासीलाई हस्तान्तरण गरेका छन ।180814075_275352174234139_1042660346353030619_n

  आचार्य परिवारद्धारा निर्माण गरिएको भवन उद्घाटन सहित हस्तान्तरण कार्यक्रममा संयोजक मोहन अधिकारी, माया घर नेपालको सचिव सुभद्रा प्याकुरेल लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा माया घर नेपालले सहयोगदाताहरुलाई सम्मान गरेको थियो ।