काठमाडौंको गाेंगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भिडभाड आज (बुधबार) पनि देखिएको छ । भोलि (बिहीबार)देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि आफ्नो घर फर्किने मानिसहरू नयाँ बसपार्क पुग्दा भिड बढेको हो । भिड बढेसँगै बसको टिकट नपाएको गुनासो यात्रुहरूले गरेका छन् । 

बुधबार पनि गाेंगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भिड लागेको छ । काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि जारी गरिएको निषेधाज्ञा लामो समयसम्म रहने आशंकासहित मानिसहरू घर फर्किन लाग्दा नयाँ बसपार्क क्षेत्रमा भिड बढेको हो ।

भिड बढेसँगै लामो दूरीका सार्वजनिक यातायातमा टिकट नपाएको गुनासो यात्रुहरूले गरेका छन् । लामो दूरीका सवारीसाधन थोरै भएका कारण नयाँ बसपार्कमा टिकट अभाव भएको हो । टिकट पाएकाले पनि महँगो शुल्क तिर्नुपरेको गुनासो गरेका छन् ।