इटहरी । मानव एकताका लागि प्रेमवाद दर्शनको मार्ग अपनाउदै आएको स्वर्गिक मार्ग संघ नेपाल इकाई इटहरीले निर्माण गरेको सामुदायिक भवन सेमिच्योगं भवनको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष नारायण चौधरीले एक कार्यक्रमका विच भवनको उद्घाटन गरेका हुन ।
मानव शान्तिको कामना मुख्य उद्धेश्यल राखेर सञ्चालित स्वर्गिक मार्ग संघ नेपाल इटहरीले ८७लाख रुपैयाको लागतमा भवन निर्माण सम्पन्न गरेको सो अवसरमा अध्यक्ष जितशेर राईले जानकारी दिए । 
उनले भवनमा कार्यालय सहित सभा रहेको समेत वताए ।
भवन उद्घाटन कार्यक्रममा विश्व शान्ति मानव एकता प्रवद्र्धक वाल तपस्वी सतगुरु ओम नन्द सहित विभिन्न धर्मका धर्महरु गुरुको समेत कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रम विसमसिहं राईको संयोजकत्वमा सम्पन्न भएको थियो ।




















