रामदूत हनुमान जन्मको उपलक्ष्यमा मनाइने हनुमान जयन्ती देश भर विभिन्न धार्मिक कार्यक्रम गरि मनाइदै छ । यसै अवसरमा बराहक्षेत्र नगरपालिका १ चतारा धाममा जगत गुरु श्री रामानन्दचार्य सेवा पिठ स्थित हनुमान मन्दिरमा हनुमान दिवश मनाइएको छ । पुर्वाञ्चलमै पहिलो विशाल हनुमान दिवसको उत्सव मनाइएको हो । अनन्त श्रीविभुषित जगतगुरु श्रीरामानन्दाचार्य स्वामी राम कृष्णचार्य कृष्ण दासले उक्क्त उत्शव मनाउनु भएको थियो । चैत्र पुर्णिमाको दिन भगवान हनुमानको जन्म दिन परेको र यहि अवसरमा बृहत रुपमा १५ दिन देखि हनुमान चालिसा, नित्य रामायण पाठ, बज्रग वाण, नित्य बेदम मन्त्र, हरुको उच्चारण गदै आज समापन गरिने भएको रञ्जन पौडेलले बताउनु भएको छ । यस हनुमान मन्दिरमा विगत ८ वर्षदेखि निरन्तर रुपमा श्री राम जय राम जयजय रामको अखण्ड किर्तन चलिरहेको कुरा पौडेलले बताउनु भएको छ । 

हनुमान जयन्तीको दिन मनाइने यो उत्सव हनुमान प्रशन्न हुने धार्मिक बिश्वास रहेको छ । हनुमान जयन्ति निरन्तर रुपमा मनााउदै आएपनि यस वर्ष भने केहि फरक तरिकाले मनाएको जगत गुरु श्री रामानन्दचार्य सेवा पिठका अध्यक्ष गणेश सुब्वा विरहीले बताउनु भएको छ । 

रामायणका कथाहरु, पात्रहरु अनि घटनाक्रममा हनुमान सबैभन्दा लोकप्रीय, दयावान अनि शक्तिशाली पात्रकारुपमा हामिले सुन्न पाउछौ  । हनुमान भन्ने वित्तिकै रामभक्त अनि वलवान भन्ने बुझिन्छ, हनुमानलाई वल र साहसको पर्यायका रुपमा अभिब्यक्त गरेको वाल्मीकी आँफैले लेखेका हनुमान रामायण हो ।