पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्वर ८ का ५० वर्षीय खड्ग बहादुर तामाङको मृत्यु प्रकरणका आरोपी ३७ दिन पछि पक्राउ परेका छन् ।

तामाङलाई गत चैत ८ गते रातको १ः३० वजेको समयमा केही युवाहरुको समुहले सामुहिक आक्रमण गर्दा उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

आरोपीहरु मध्येका मुख्य अभियुक्त अन्दाजी वर्ष १७ का विबेक अधिकारीलाई मोरङ प्रहरीले ३७ दिन पछि चितवन बाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक (डिएस्पी) कृष्ण खड्काले बताए । अधिकारी सोही वडाका किशोर हुन ।

अधिकारी सहित तामाङ कुटपिट प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ भने अन्य ३ जना अझै फरार रहको खड्काले बताए ।

घटनामा संलग्न रहेका ९ जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कार्वाहीका लागी प्रकृया अगाडी बढाएको उपरीक्षक खड्काले बताए । 

मादक पदार्थ सेवन (मापसे) गरेका १२ जना युवाहरुको समूहले गत चैत ८ गते विहानको राति १ बजेतिर तामाङमाथी अन्धाधुन्ध आक्रमण गर्दा तामाङको टाउकोमा गम्भिर चोट लागेको थियो । 

यसै गरी प्रहरीले विभिन्न ३ ओटा लागुऔषध सम्वधी मुद्धामा फरार रहेका मोरङ पथरीशनिश्चरे वडा नम्वर २ का भिमराज राईलाई पनि पक्राउ गरेको छ ।