कोकिला भण्डारी 

धनकुटा । सावुनपानीले हात धोऔं, सरुवाजन्य महामारीबाट बचौं भन्ने नाराका साथ स्ट्याण्ड सहितको हातघुने पानीट्यांकि उद्घाटन एवं हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी धनकुटा जिल्ला शाखामा सञ्चालित जुनियर÷युवा सर्कल रेडक्रस सवलिकरण कार्यक्रम अन्र्तगत निर्माण गरिएको उक्त पानीटयांकी साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजङ्ग याख्खाले एक कार्यक्रमका साथ उद्घाटन गर्नु भएको हो ।

साँगुरीगढी गाउँपालिका वडा नम्वर ५ डाडाँबजारमा निर्माण गरिएको उक्त ट्यांकी नेपाल रेडक्रस सोसाईटी डाडाँबजार उपशाखाको मातहतमा रहने भन्दै नेपाल रेडक्रस सोसाईटी धनकुटा जिल्ला शाखाका सभापति हरि कुमार राईले गाउँपालिका अध्यक्ष याख्खालाई हस्तान्तरण गर्नुभएको हो ।176830655_2144724532336949_1418936685809538578_n

पर्यटकीय गन्तब्यका रुपमा रहेको साँगुरीगढी गाउँपालिका स्थित डाडाँबजार हुदै राजारानी, ६नम्वर बुधबारे, मोरङ्ग, सुनसरीलगायतका क्षेत्रहरुबाट पर्यटकहरु आउनेजाने मुख्य ईलाकामा धेरै मानिसहरुको जमघट हुने उक्त क्षेत्रमा कोभिड १९ जस्ता शिघ्र संक्रमण फैलिने महामारीलाई प्रतिकार्य गर्नको लागि आउने पर्यटकहरुलाई मध्यनजर गर्दै पर्यटकहरुलाई शहजहोस भन्ने उद्ेश्यले स्ट्याण्ड सहितको हातघुने पानीट्यांकि निर्माण गरि संचालनमा ल्याईएको नेपाल रेडक्रस सोसाईटी धनकुटा जिल्ला शाखाका सभापति राईले बताउनु भयो । 

उक्त कार्यक्रममा साँगुरीगढी गाउँपालिका अध्यक्ष याख्खाले हात धोएर उद्घाटन गर्नुभएको नेपाल रेडक्रस सोसाईटी डाडाँबजार उपशाखाले जनाएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धनकुटा जिल्ला शाखा सदस्य त्रीलोचन घिमिरे, पुर्व जिल्ला उपसभापति कृष्ण ब्लोन, भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञ बहादुर लिम्बूलगायतको सहभागिता रहेको थियो ।