धनकुटा । जिल्ला अस्पताल धनकुटाको ल्यावमा थप परिक्षण गरिएका २७ जना मध्येमा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । 

शुक्रबार आठजना संक्रमित सँगै हाल धनकुटामा संक्रमितको संख्या १५ पुगेको छ ।

कोरोना पोजेटिभ हुनेमा धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्यनरत पाँच पुरुष, तीन महिला रहेका छन् । जसमा एक जना विरामी हुन भने सात जना विद्यार्थी रहेको जिल्ला अस्पताल धनकुटाले जनाएको छ ।

हेल्थ साइन्समा अध्ययनरत २०, १८, २१, १८ र २५ बर्षीय छात्र तथा २३ र २० बर्षीय छात्रामा संक्रमण पुष्टि भएको लगतै धनकुटा नगरपालिकाका सबै विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।

विद्यालयमा अध्ययनरत संक्रमित विद्यार्थी मध्ये भोजपुर जिल्लाका २ महिला १ पुरुष, संखुवासभाका ३ पुरुष र धनकुटा जिल्लाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसि प्रसाद गुरागाँईले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार थप ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभ हुनेमा धनकुटाका ३, संखुवासभाका २ र तेह्थुमका १ रहेका छन् । थप संक्रमितलाई आईसुलेसनमा राख्ने तयारी भईरहेको छ । 

धनकुटाका संक्रमित १ पुरुष, दुई महिला हाल होम आईसुलेसनमा रहेका छन् भने ५ जना संक्रमित हाल आत्मारा ढाँट स्थित निर्माणाधिन अवस्थामा रहेको औधोगिक ग्राममा उपचाररत रहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख गुरागाँईले जानकारी दिनुभयो ।

धनकुटा नगरपालिकाले सञ्चालनमा ल्याएको जिल्ला अस्पताल धनकुटाको आईसुलेसनमा ५ जना संक्रमित उपचाररत रहेका छन् । 

कोरोना संक्रमणका कारण विद्यालयमा भौतिक पठनपाठन नगर्ने भर्चुअल कक्षा सञ्चालन गर्ने जिल्ला प्रशासन कार्यालय धनकुटाको निर्णय बमोजिम विद्यालयहरुले सर्तकता अपनाएका छन् । आईतबारबाट अनलाईन कक्षा सञ्चालन गर्ने विद्यालयले जनाएको छ ।