इटहरी । जोखिम ऋणका कारण कतिपय सहकारीहरु धरासायी भई रहेको समयमा जोखिम ऋण व्यवस्थापन गरि सवल वनाउन सहयोग पुर्याउने उद्धेश्यले मोरगंको ग्रामथान गाउँपालिकामा जोखिम ऋण व्यवस्थापन सम्वन्धी तालिम सम्पन्न भएको छ ।
गुडलक एजुकेशन एण्ड टेनिगं सेन्टरको आयोजना तथा ग्रामथान गाउँपालिकाको सहयकार्यमा आयोजना गरिएको दुई दिने तालिम सम्पन्न भएको हो ।
जोखिम ऋण व्यस्थापन गर्न सहकारी संस्थाहरुले अपनाउनु पर्ने लेखा व्यवस्थापन, सहकारी ऐन नियम लगायतका विषयहरु समेटेर तालिम सञ्चालन गरिएको थियो । तालिममा २५भन्दा बढी सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
ग्रामथान गाउपालिका वडा नम्बर ७ का वडाध्यक्ष रमेश कुमार माझिको प्रमुख आतिथ्यता तथा गुडलक एजुकेसन एण्ड टेनिगं सेन्टरका निर्देशक बसन्त रेग्मीको अध्यक्षतामा समापन कार्यक्रम सम्मन्न गरियो । तालिममा प्रदेश भुमि ब्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयका अधिकृत तोयानाथ तिम्सिनाले सहजिकरण गरेका थिए ।




















