कोकिला भण्डारी

धनकुटा । आहालेमा संघिय सांसद राईले नवनिर्मित स्वास्थ्य चौकि उद्घाटन गर्नु भएको छ । 

 धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नम्वर ९ आहाले स्थित २ तल्ले नवनिर्मित ल्याव सहितको स्वास्थ्य चौकी भवन संघिय  सांसद राईले उद्घाटन गर्नु भएको साँगुरीगढी गाउँपालिकाका उपाध्यक्ष विन्द्रा राईले जानकारी दिनु भयो । 

 निर्वाचनको समयमा आफ्ना जिल्लाबासी जनताहरुको माझमा गरेका प्रतिबद्धताहरु संघिय सांसद राजेन्द्र कुमार राईले यतिवेला भने भमाधम पुरा गर्न थाल्नु भएको छ । 

उहँले उद्घाटनको अवसर पारेर  जग्गादातालाई सम्मान पनि गर्नु भएको छ । 174840272_1334270653624625_5022646155519383698_n

 धनकुटा जिल्लाकै दुर्गम मानिने स्थानमा स्वास्थ्य, शिक्षा, खानेपानी जस्तो आधारभुत आवश्यकताहरू मध्ये कै स्वास्थ्य चौकी, विधालय भवन निर्माण, तालिम प्राप्त शिक्षक तथा रास्ट्रसेवक कर्मचारीहरुको ब्यावस्थापन, रास्ट्रीय गौरवका आयोजनाहरु, पुर्वाधार विकास, कृषि, पर्यटन, नागरिक सुरक्षा आवास फुसको छानो हटाउने, महिला, जेष्ठ नागरिक, बालबालिका लगायत विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम ल्याएको छ । 173323369_357094385742395_3261670301700261189_n

उक्त कार्यक्रम मार्फत पिछडिएका दुरदाराज, ग्रामीण जनताको जिवन यापनमा शहज पुर्याएको साँगुरीगढी गाउँपालिकाकाले जनाएको छ ।

उक्त कार्यक्रममा प्रदेश सभा सदस्य निरन राई, जिल्ला समन्वय समिति धनकुटाका सदस्य हरी कुमार राई, उपाध्यक्ष बिन्द्रा राई, प्रशासकीय प्रमुख जयराम श्रेष्ठ विभिन्न संघ सस्थाका प्रमुखरप्रतिनिधि लगायत स्थानीय बासिहरुको उपस्थिति रहेको थियो ।