कोकिला भण्डारी 

धनकुटा । खाद्य स्वच्छताको आधारमा होटेल रेस्टुरेन्ट स्तरीकरण तथा लोगो टाँस कार्यक्रम धनकुटामा सम्पन्न भएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले दुई दिन नगरपालिका स्थित धनकुटा र हिलेका होटल रेष्टुरेन्टहरुको खाद्य स्वच्छताको आधारमा होटेल रेस्टुरेन्ट स्तरीकरणका लागि  निरिक्षण अनुगमन गरि बर्गिकरण गरेको हो ।

 उक्त बर्गिकरण निर्देशिका २०७४ बमोजिम निरीक्षण अनुगमन गरी वर्गीकरण गरिएको खाध्य प्रबिधि तथा गुण नियन्त्रण ढिभिजन कार्यालय धनकुटाले जनाएको छ ।

 उक्त निर्देशिका अनुसार खाद्य स्वच्छताको ५० वटा मुल्यांकन सूचाङ्कको प्राप्त नम्बरको आधारमा प्राप्ताङ्क ढण् भन्दा बढी प्राप्त गरेमा ३ तारा र क सहित अति उत्तम लेखिएको हरियो स्टिकर, प्राप्ताङ्क ८० देखि ८९ सम्म प्राप्त गरेमा २ तारा र ख सहित उत्तम लेखिएको हरियो स्टिकर, प्राप्ताङ्क ६५ देखि ७९ सम्म आएमा १ तारा र ग सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर, र प्राप्ताङ्क ५० देखि ६४ सम्म आएमा घ सहित सामन्य लेखिएको पहेँलो स्टिकर गरी चार समुहमा होटल तथा रेष्टुरेन्ट वर्गीकरण गरिएको कार्यालय प्रमुख अनुप हलवाईले बताउनुभयो।

अनुगमन निरीक्षणको क्रममा २ तारा र ख सहित उत्तम लेखिएको हरियो स्टिकर होटल एलडीएस मकालु धनकुटा, न्यू अन्जुली होटल एण्ड लज धनकुटा, होराइजन माउन्टेन रिसोर्ट प्रा।लि।हिले , न्यू होटल हिले भ्यू  र निगाले होटल एण्ड लज सहित ५ वटाले प्राप्त गरेका छन ।

  भनेयसैगरि १  तारा र ग सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर होटल चिप एण्ड बेस्ट, गजुर होटल एण्ड लज र होटल गोल्डेन प्यागोडा सहित ३ वटा होटेल रेष्टुरेन्टले प्राप्त गरेका छन् । 

 घ सहित सामन्य लेखिएको पहेँलो स्टिकर ५ वटा होटल र ४ वटा होटललाई सुधार गर्न निर्देशन दिइएको छ ।

कार्यक्रमको शुभारम्भ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी श्री राम नारायण श्रेष्ठले २ तारा र ख सहित उत्तम लेखिएको हरियो स्टिकर होटल एलडीएस मकालुमा टाँस गरी शुभारम्भ गर्नुभएको थियो ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका कार्यालय प्रमुख अनुप हलवाई, खाद्य निरीक्षक सुशिल कोइराला, प्रमिला राई, जिल्ला प्रशासन कार्यालयका गजेन्द्र रम्तेल, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक काशिनाथ रेग्मी, क्षेत्रीय होटेल एसोसिएसन धनकुटाका अध्यक्ष खगेन्द्र बिष्ट सचिब जयमणि घिमिरे, उपभोक्ताकर्मी गोबिन्द भट्टराई, पत्रकार, उद्योग बाणिज्य संघका प्रतिनिधि सम्मिलित खाद्य स्वच्छता समुहले निरीक्षण गरी स्तरीकरण गरेको हो।

अनुगमनको क्रममा भेटिएका दुषित, म्याद नाघेका खाद्य तथा पेय पदार्थ नस्ट गरिएको थियो। स्तारिकरण कार्यक्रम बाट उपभोक्ताले स्वस्थ्य सुरक्षित खाद्य पदार्थ प्राप्त गर्ने सुनिश्चितता प्राप्त गर्दछन भने होटेल व्यवसायीले समेत खाद्य स्वच्छता रहेको प्रमाण देखाउन सक्छन। यस किसिमको स्तरीकरणबाट खाद्य स्वच्छताको प्रत्याभूति र आन्तरिक पर्यटनमा समेत मदत पुग्ने होटल व्यावसायी बताउँछन। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले  कार्यक्षेत्रका होटेल रेष्टुरेन्टहरुको स्तरीकरण तथा नविकरण, खाद्य उद्योग,बजार अनुगमन समेत गर्दै आएको छ ।