मोरगं । जोखिम ऋण व्यवस्थापन लगायतका विषय केन्द्रीत भएर मोरगंको सुन्दरहरैचामा सहकारी सदस्य शसक्तीकरण तालिम सुरु भएको छ ।

  गुडलक एजुशेशन एण्ड टेनिगं सेन्टरको आयोजना तथा सुन्दरहरैचा नगरपालिका वडा नम्बर १को समन्वयमा वडा क्षेत्रमा रहेका सहकारीहरुका सदस्यहरुलाई लक्षित गरि तालिम सुरु गरिएको हो ।

   वडा क्षेत्रमा रहेका सरकारीहरुलाई सहकारी संस्थाले अपनाउनु पर्ने लेखा व्यवस्थापन, सहकारी ऐन नियम लगायतका विषयहरु समेटेर तीन दिन सम्म सञ्चालन गरिने तालिमले सहकारीहरुलाई अव्बल वनाउन मद्धत गर्ने कार्यक्रमकी प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामागंले विश्वास व्यक्त गरिन ।174212005_124563659656991_5496136020944211778_n

  गुडलक एजुकेशनका निर्देशक बसन्त रेग्मीको अध्यक्षतामा भएको तालिममा तोया तिमल्सीना , हरिवहादुर खत्री र बलराम निरौलाले सहजिकरण गरिरहेका छन ।

  तालिममा सुन्दरहरैचा नगरपालिका वडा नम्बर १मा रहेका विभिन्न सहकारीका ३० जना सदस्यहरुको सहभागिता रहेको आयोजक सस्थाका प्रवन्ध निर्देशक रेवती निरौलाले जानकारी दिए ।