इटहरी ।पुर्वी नेपालमै मनोरञ्जनकालागिउपयुक्त स्थल बनेको इप्पील्याण्ड वाटर पार्कले वडाबासीलाई विशेष छुट दिने घोषणा गरेको छ ।भर्खरै सञ्चालनमाआएको इप्पील्याण्डले वडा नम्बर ३का बासिन्दालाई पार्कबाट दिईने मनोरञ्जनकालागि छुट दिने घोषणा गरेको हो । 

आज वडा नम्बर ३को कार्यालयमाभएको वडा कार्यालय, इप्पील्याणड वाटर पार्कका सञ्चालक, स्थानियवासीवीचको अन्र्तक्रियामापार्कका सञ्चालकले लिईने शुल्कमास्थानियवासीलाई छुट दिने घोषणा गरेका हुन ।नयाँबर्षबाट छुट तथाअफरहरु थपगर्दै जाने सञ्चालक जगत बहादुर वस्नेतले जानकारी दिए ।स्थानिय र वडा कार्यलयले ल्याउने अन्यप्रपोजलमापनि सहयोग गर्न सकिने पनिउनले जानकारी दिए । 

वाटर पार्क भित्रकाविभिन्नखेल तथामनोरञ्जन,अवलोकनकालागिलिईने प्रवेश शुल्कमा छुट गर्दै कर सहित ५ सय रुपैयालिने निर्णय गरिएको हो ।अवपार्कमा खेल तथामनोरञ्जनकालागि वडा नम्बर ३का स्थानियले प्रतिव्यक्ति ५ सय रुपैँयामात्रतिरे पुग्नेछ । तर पार्क भित्रकाकतिपय खेलकालागिभने थपशुल्कतिर्नुपर्ने हुन्छ । 

पार्कमामनोरञ्जनकालागिजाने पर्यटकहरुले भन्दा स्थानियवासीले अब २ सय ५० रुपैँयाकमतिरे पुग्ने भएको छ । इप्पील्याण्डमा प्रवेशकालागिकम्पनीले प्रतिव्यक्ति७ सय ५० रुपैँयाशुल्कलिदैँ आएको छ । प्रतिव्यक्ति७ सय ५० रुपैँयातिरे पछि भित्रका धेरै खेल तथामनोरञ्जनअवलोकन गर्नथपशुल्कतिर्न नपर्ने सञ्चालक जगत बस्नेतले जानकारी दिए । तर जिपलाईन जस्ता एडभेन्चर खेलकालागिभने थपशुल्कतिर्नुपर्ने हुन्छ । 

वडानम्बर ३का वडा अध्यक्षबालकृष्ण विष्टले पार्कको सञ्चालनले वडाको गरिमा बढेको बताए । साथै पार्कमा धेरै स्थानियले प्रतक्ष्य रोजगारी पाउनुका साथै अप्रतक्ष्य रुपमा रोजगारी पाएको अध्यक्ष विष्टले बताए । पार्कले स्थानियवासीकालागि छुटको व्यवस्था राम्रो भएको भन्दै वडाको विकासमापनि सहयोगीबन्नगर्न आग्रह गरे ।

पार्कका सञ्चालक समेत रहेका उद्योग वाणिज्य संघ इटहरीकाअध्यक्षभीमपौडेलले पार्कको सञ्चालनले वडावासीलाई नयाँअवसर सृजना गरेको बताए । रोजगारीसँगै व्यापार व्यवसायकालागिनयाँअवसर प्राप्तभएको बताउँदै अध्यक्षपौडेलले त्यो अवसरलाई भरपुर उपयोग गर्न आग्रहपनि गरे ।  

करिव ३० करोडको लगानीमा स्थापनाभएको इप्पील्याण्ड फागुन महिनाबाट सञ्चालनमाआएको हो । करिव ६ विगाहा क्षेत्रफलमा फैलिएको वाटर पार्कमा एकै पटक ५ हजार जनाले अवलोकन गर्न सक्नेछन् । इप्पील्याण्डमा वाटर स्लाईड, जिपलाईन, रक क्याम्बीङ,जुरासिकपार्क लगायतकाविभिन्न खेल तथामनोरञ्जनका साधनहरु सुन्न,देख्न र खेल्ने पाईन्छ ।