इटहरी । टिपरको ठक्करबाट ज्यान गुमाएका सुनसरीको इटहरी १का कर्णबहादुर गुरुगंको आफन्त तथा स्थानीयले टिपर चालकलाई कडा कारवाहीको माग राख्दै इटहरी चौक क्षेत्रमा केही बेर सडक अवरोध गरेका छन ।

    इटहरीबाट धरान तर्फ जादै गरेको प्र१–०२–००१ख ८६६५ नम्बरको टिपरले आइतवार गुरुगंलाई ठक्कर दिदा गुरुगंको दुर्घटना स्थलमै मृत्यु भएको थियो । मृतक गुरुगंका आफन्त तथा स्थानीयले चालकको लापरवाहीले गुरुगंले ज्यान गुमाउनु परेको भन्दै लापरवाही गर्ने चालकलाई कडा भन्दा कडा कारवाही माग गर्दै इटहरी मुख्य चौक क्षेत्रमा सडक अवरोध गरेर मृतकलाई न्याय सहित दोषी चालकलाई कारवाहीको माग राख्दै आएका छन । टिपर चालक अनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान वढाई रहेको जनाएको छ ।