कोकिला भण्डारी
धनकुटा । धनकुटा नगरकार्यपालिकाका प्रमुख चिन्तन तामाङ्गको प्रमुख आतिथ्यतामा नेपाल टेलिकम दुरसंचार कार्यलय धनकुटाले अप्टिकल फाइवर मार्फत सेवा सुरु गरेको छ ।
टेलिकम दुरसंचार कार्यलय धनकुटाले एक कार्यक्रमका साथ पुरानो कपर प्रविधीको टेलिफोन लाईनलाई विस्थापित गर्दै नयाँ प्रविधी अप्टिकल फाइवर मार्फतको सेवा सुरुवात गरेको सार्वजनिक गरेको छ ।
धनकुटा नगरकार्यपालिकाका प्रमुख चिन्तन तामाङ्गले पुरानो प्रविधीलाई अफ गर्दै नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकार र प्रमुख तामाङ्गले संयूतm रुपमा नयाँ प्रविधीको सूरुवात गर्नुभएको हो ।
छोटो समयमै टेलिकमले गरेको विकास अन्य सरकारी निकायलाई सिकाई बन्नु पर्ने, टेलिकमले प्रविधिको विस्तार संगै त्यसको गुणस्तरमा समेत ध्यान दिनु पर्ने, विस्तारित सेवा बिश्वसनिय भए राष्ट्रिय पुजीँ समेत देश बाट बाहिर नजानेलगायतका कुरामा धनकुटा नगरपालिका वडा न ६ का वडा अध्यक्ष नरेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठलगायत सहभागिहरुले जोडदिनुभयो ।
नेपाल टेलिकम दुरसंचार कार्यलय धनकुटाका प्रमुख ज्ञाननाथ सापकोटाले पुरानो प्रविधीलाई विस्थापन गर्दे नयाँ प्रविधी मार्फत सेवा दिन पाउँदा खुसी लागेको बताउनु भयो । यसैगरि नेपाल टेलिकम प्रादेशिक निर्देशनालय निर्देशक सूर्यनारायण मालाकारले प्रविधीको विकास संगै प्रविधीको प्रयोगलाई सबैलाई उपभोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल टेलिकम दुरसंचार कार्यलय धनकुटाका कर्मचारी, नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका कर्मचारी ,जनप्रतिनिधी पत्रकार लगायतको उपस्थिती रहेको थियो ।




















