मोरङ/ स्थानीय तहमा दमकल नहुँदा समस्या देखिएको छ । मोरङ जिल्लाको सत्र स्थानीय तहमध्ये ६ वटा स्थानिय तहमा मात्र दमकल छन् भने ४ नगरपालिका र ७ गाउँपालिकामा दमकल नहुँदा समस्या देखिएको हो ।
हावाहुरीको मौसम शुरु भएकोले हुन सक्ने आगलागी नियन्त्रणका लागि दमकलको अभाव खड्कीएको छ । जिल्लामा वर्षेनी आगलागीका दर्जनौ घटना हुने गरेका छन् ।
आगलागीबाट वर्षेनी करोडौं मूल्य बराबरका सम्पत्तिसमेत नष्ट हुने गरेको छ भने मानवीय क्षतिसमेत हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।
मोरङमा चालु आर्थिक वर्षमा आगलागि बाट २ करोड बरावरको क्षति भएको छ भने २ जनाको मृत्यु, २ जना घाईते, २५ घर, १० गोठ र ४ चौपाय जलेका छन् ।
मोरङमा विराटनगर महानगरपालिका, शुन्दरहरैचा, बेलबारी, उर्लाबारी, रंगेली र लेटाङ नगपालिका र कानेपोखरी गाउपालिका बाहेक अन्यमा दमकल छैनन ।
हावाहुरीको मौसममा आगलागीका घटना बढी हुने गर्दछन् । अहिले पुनः गर्मीयामसँगै हावाहुरीको मौसम शुरु भइसके पनि स्थानीय तहले यसबारे आवश्यक चासो नलिएको स्थानियहरुको आरोप छ ।
जननिर्वाचित प्रतिनिधिहरूसमेत आगलागीका सम्भावित घटना न्यूनीकरणतर्फ गम्भीर देखिएको पाइएको छैन ।
मोरङको अर्धपहाडी पालिकाहरु केरावारी, लेटाङ र मिक्लाजुङमा दमकल नहुदा सो क्षेत्रमा आगलागी हुदा ठुलो धन जनको क्षति हुने गरेको छ ।
त्यस्तै मोरङकै सुगम र उच्च जनसख्या भएकोे पथरी शनिश्चरे, सुनवर्षी र रतुवामाई नगरपालिकामा पनि दमकल नहुदा हरेक वर्ष हुने आगलागी बाट ठुलो क्षति हुदै आएको छ ।
नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीति बनाएको भए पनि स्थानियतहरुले सो नितिको बेवस्था गर्दै दमकलको व्यावस्थापन गरेका छैनन् ।
बरु विलासी गाडी खरिद गर्ने, भाडामा लिएर चढ्ने र अन्य सवारी खरिद गरेका स्थानीय तहले दमकल खरिदमा भने त्यति चासो देखाएको पाईँदैन् । सबैभन्दा बढी फुसको कच्ची घर भएका पथरी शनिश्चरे, सुनवर्षी, रतुवामाई र लेटाङ नगरपालिकाले दमकल खरिदमा तदारुक्ता देखाएका छैनन् ।
पथरी शनिश्चरेले गत वर्षको वार्षिक बजेटमा ७० लाख रुपैया दमकल खरिदका लागि विनियोजन गरेको थियो तर सो रकम दमकल खरिदमा प्रयोगनै नगरी नगरपालिकाले अन्य शिर्षकमा खर्च गरेको नगरपालिका स्रोतले जनाएको छ ।
निर्वाचित जनप्रतिनिधिले नगरपालिकाको बजेट बाटै विलासी साधन खरिद गरी चढिरहेका छन् तर विगतदेखि नै ठूलो समस्याका रूपमा रहेको आगलागी तथा अन्य प्राकृतिक प्रकोप न्यूनीकरण गर्न भने गम्भिर भएको पाईदैन ।
१ लाख भन्दा बढी घरधुरी, १० लाख भन्दा बढी जनसंख्या र ११ हजार ८ सय वर्गकिलोमिटर क्षेत्रफमा फैलिएको नेपालकै औधोगिक र जनासाङखीक हिसावले दोस्रो स्थानमा रहेको जिल्लामा दमकल भने जम्मा ११ वटा मात्र छन्
त्यसमा पनि विराटनगर महानगपालिकाको एउटा दमकल भने लामो समयदेखी सचालनमा आउन सकेको छैन । विदेशी साहायतामा महानगर भित्रयाइएको सो दमकल जापनीज प्रविधीको भएकै कारण दक्षजनशक्ति अभावका कारण प्रयोग विहिन बन्न पुगेको छ ।
यतिबेला हावाहुरी चल्ने, आगलागी हुने समय शुरु भएको हँुदा स्थानीय तहमा आवश्यक दमकल नहुँदा कतै आगलागी भएको खण्डमा समयमै नियन्त्रण गर्न नसक्दा थप क्षति हुने देखिन्छ ।
सबै नगरपालिका तथा गाउँपालिकाले आगलागी नियन्त्रणका उपकरण खरिद, अग्नी नियन्त्रण योजना, आपतकालीन सन्देश प्रवाह पद्धतिबारे नयाँ योजना ल्याउन आवश्यक रहेको भएता पनि यस तर्फ भने खासै ध्यान पु¥याउन सकेका छैनन् ।