मोरङ्ग । पशु पालनलाई व्यवस्थित वनाउन पशुको प्रज्नन तथा आहार व्यवस्थापन विषयलाई केन्द्रीत भएर मोरङ्गको सुन्दरहरैचामा कृषकहरुका लागि तालिम सुरु भएको छ ।

     गुडलक एजुकेशन एण्ड टे«निङ्ग सेन्टर इटहरीका आयोजना तथा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७को प्राविधिक सहयोगमा पशु पालक कृषकहरुका लागि तालिम सुरु गरिएको हो ।

    पशुको प्रज्नन र आहार कसरी व्यवस्थापन गर्ने भन्ने विषय केन्द्रीत भएर आयोजना गरिएको तीन दिने तालिम गुडलक एजुकेशनका प्रवन्धक बसन्त रेग्मीको अध्यक्षता तथा सुन्दरहरैचा वडा नम्बर ७का वडाध्यक्ष चैतन्य सिटौलाको प्रमुख अतिथ्यतामा तालिम सुरु भएको छ ।IMG_20210411_140907

वडाका २० जना अगुवा पशु पालक कृषकहरुको सहभागिता रहेको तालिममा पशुको प्राकृतिक तथा कृतिम प्रज्ननका साथै आहारका विषयमा सुन्दरहरैचा नगरपालिका पशुपंक्षी शाखाका प्रमुख जिवनप्रसाद चापागाईले सहजिकरण गरेका थिए । तालिम उदघाटन कार्यक्रममा वडा सदस्य भुवनसिंह आले मगर , विष्णुप्रसाद घिमीरे जिल्ला कृषि सहकारी संस्थाका अध्यक्ष रविन्द्र आचार्य ,शिव पञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पोष्टकुमार श्रेष्ठ लगायतका अतिथीहरुको उपस्थिीती रहेको कार्यक्रम आयोजक गुडलक एजुकेशनका रेवती निरौलाले जानकारी दिए ।