इटहरी /  जय माता पाथिभरा भलाई कोष यातायाता प्रा.लि को प्रथम भेला सम्पन्न गरेको छ । शनिवार इटहरीमा जय माता पाथिभरा भलाई कोषमा आवद्ध यातायता व्यवसायीहरुको भेला सम्पन्न भएको हो । भेलाले १० बुदे प्रस्ताव समेत पारित गरेको प्रा.लिका अध्यक्ष मनोज कुमार प्रधानले जानकारी दिए । प्रस्ताव व्यावसायीहरुबाट सर्वसम्वत पारित भएको उनको भनाइ रहेको छ । कोषले सवारी दुर्घटनामा परेका सवारी साधनहरुको तिर्नु पर्ने क्षतिपुर्तीको जिम्मा लिने गरेको छ । सवारी धनिहरुबाट दैनिक रकम उठाउने र त्यस बापत दुर्घटनामा परेका सवारीहरुले तिर्नु पर्ने क्षतिपुर्ती तिर्दै आएको अध्यक्ष प्रधानले बताए ।  

कार्यक्रमको प्रमुख अतिथि सार्वजनिक यातायात केन्द्रिय महासंघ प्रदेश न १ का अध्यक्ष महेन्द्र अधिकारी रहेका थिए । उनले कोषले यातायात व्यवसायीलाइ सहुलियत हुने विस्वास व्याक्त गरे । उनले कोषको सफलताको शुभकामना समेत व्याक्त गरेका थिए । 

उक्त कार्यक्रममा बोल्दै सार्वजनिक यातायता केन्द्रिय महासंघ १ नम्बर प्रदेशका महासचिव रमेश खत्रिले कोरोना महामारीका कारण भएको लकडाउनले मारमा परेका यातायात व्यवसायी र श्रमिकहरूलाई समेत कोषले सहयोग गरेको बताए । अहिले बैंकको ब्याज र बितिय संस्थाहरूमा किस्ताको समस्या समाधानकालागि पनि निरन्तर काम भइरहेको उनले बताए । 

पारित प्रताव अनुसार संस्थामा आवद्ध सवारी साधनहरु दैनिक छ सय रुपयौँ बुझाउनु पर्ने छ ।  यसबापत सवारि दुर्घटनाको सम्पुर्ण दायित्व संस्थाले लिने छ । साथै सावारि साधन गुडेको अनुपातमा इन्स्योरेन्स, बिलबुक, रुट परमिट र जाँचपास समेत संस्थाले नविकरण गरिदिने छ । 

20210410_095922


20210410_100813