इटहरी । थारु समुदायका मानिसहरुको सांस्कृतिक धरोहर ग्रामथान विभिन्न वहनामा अतिक्रमणमा पर्दै आएको भन्दै थारु समुदायका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन ।

     कतै विकासका नाममा अन्य संरचनाहरु निर्माण गरेर , कतै नीजि जग्गा धनीहरुका कारण ग्रामथान अतिक्रमणमा पर्दै आएको भनेर थारु समुदायका अगुवाहरु चिन्तीत बनेका हुन ।

    पुर्वी नेपालको सुनसरीमा रहेका ग्रामथानहरु पनि अतिक्रमणमा पर्ने क्रम नरोकिएको भन्दै ग्रामथान संरक्षणमा राज्यले चासो दिनु पर्ने माग राख्दै पत्रकार सम्मेलन गरिएको छ । पत्रकार सम्मेलनमा ग्रामथान संरक्षण समितिका अध्यक्ष तेजनारायण चौधरीले विभिन्न वहानामा ग्रामथान अतिक्रमण पर्दै आएको भन्दै राज्यले ग्रामथान संरक्षण गर्न नसकेको आरोप समेत लगाए ।IMG_9364 उनले कतिपय स्थानमा  विकासमा नाममा राज्यले नै विद्यालय तथा अन्य संरचना वनाएर ग्रामथान अतिक्रमण गरिएको तथा कतिपय स्थानमा साँध जोडिएका जग्गाधनीहरुले अतिक्रमण गरेको समेत वताए । विगतमा  ग्रामथान दर्ता नगरिएका कारण पनि अतिक्रमणमा परेकाले ग्रामथान संरक्षणमा सबैको चासो पुगोस भनेर पत्रकार सम्मेलन आयोजना गरिएको समेत वताए ।

   बढ्दो सहरीकरणसंगै जग्गाको मुल्य समेत बढ्न थालेका कारण पनि ग्रामथान अतिक्रमणमा पर्न थालेको थारु समुदायका अगुवाइहरुको बुझाई रहेको छ । अतिपय स्थानमा सडक निर्माण गर्ने क्रममा समेत ग्रामथान संरक्षणमा ध्यान नदिएको थारु समुदायका अगुवाहरुले गुनासो गरे । ग्रामथान जन्म देखि मृत्यु सम्मका संस्कारका लागि जोडिने भएपनि राज्यले संरक्षणमा चासो नदिएको थारु समुदायको आरोप रहेको छ । पत्रकार सम्मेलनमा समितिकी सचिव सावित्री चौधरी , थारु समुदायकी अगुवा सुशिला चौधरी लगायतले ग्रामथानका विषयमा पत्रकारहरुलाई जानकारी गराएका थिए ।