इटहरी । वर्तमान राजनीतिक अवस्थामा धार्मिक अगुवाहरुको भुमिकाको विषयमा केन्द्रीत भएर सुनसरीको इटहरीमा अन्तरक्रिया तथा छलफल गरिएको छ ।

  इसाई समाज प्रदेस नम्बर १को आयोजनामा अन्तरक्रिया तथा छलफल सम्पन्न भएको हो ।

  अन्तरक्रिया कार्यक्रममा सहभागी  विभिन्न धर्मका अगुवाहरुले  धर्मका नाममा सामाजिक सदभाव , शान्ति र समृद्ध राष्ट् निर्माण, धार्मिक सहिष्णुतामा असर पुग्ने काम गर्नु नहुनेमा जोड दिए ।IMG_9269

  इसाई समाज प्रदेस नम्बर १का संयोजक विक्रम वर्णबासको अध्यक्षता रहेको अन्तरक्रिया कार्यक्रममा राजेन्द्र मल्ल, डा.विपी खनाल , मुकुन्द शर्माले सहजिकरण गरेका थिए । 

  कार्यक्रममा अन्तर धार्मिक शान्ति महासंघ नेपालका अध्यक्ष रामभक्त कुरुम्वाङ,अन्तर धार्मिक शान्ति सञ्जाल मोरङ्गका संस्थापक अध्यक्ष राजेन्द्रप्रसाद ढकाल ,स्थापक संयोजक मात्रिका पराजुली अन्तर धार्मिक शान्ति सञ्जाल १ प्रदेसका उपाध्यक्ष गजेन्द्र पालुङ्गा ,बौद्धिक दर्शन अध्ययन केन्द्र राष्ट्रिय संयोजक पदम अधिकारी लगायतका सहभागिता रहेको थियो ।